यसकारण मैले माओवादी रोजेँ : विमला वली
काठमाडौं–लुम्बिनी प्रदेश सभामा तत्कालीन नेकपाका तर्फाबाट निर्वाचित बिमला वलीले आफूले माओवादी केन्द्र रोजेको बताएकी छन्।
आज वक्तव्य प्रकाशित गर्दै उनले सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई पूरानै दल कायम गरिदिएको हुनाले आफू निर्वाचित भएको दल नरहेको अवस्थामा नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन्।
‘आजैबाट यस दलको लुम्बिनी प्रदेश सभा दल सदस्य भएको यसै वक्तव्यमार्फत् जानकारी गराउन चाहन्छु,’ उनले भनेकी छन्।
