लुम्बिनी सांसद वलीलाई ‘अपहरण’ गरिएको एमाले आशंका
काठमाडौं–एमालेले तत्कालीन नेकपाबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीलाई ‘अपहरण’ गरिएको आशंका गरेको छ।
वली माओवादी केन्द्र प्रवेश गरेपछि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा सदस्यहरुले यस्तो आशंका गरेका हुन्।
वलीले पार्टी परिवर्तन गरेसँगै समीकरण नै परिवर्तन भएपछि नेताहरुले यस्तो आशंका गरेका हुन्।
आज वक्तव्य प्रकाशित गर्दै ओलीले सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई पूरानै दल कायम गरिदिएको हुनाले आफू निर्वाचित भएको दल नरहेको अवस्थामा नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन्।