सुन तोलाको ९० हजार

सुन तोलाको ९० हजार

काठमाडौं–बहुमूल्य पहेँलो धातु सुनको भाउ आइतबार तोलाको ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको तुलनामा आइतबारको भाउमा तोलाको १ सय रुपैयाँमात्र वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल ९२४ क्यारेट० सुनको भाउ आइतबार तोलाको ९० हजार छ भने गएको शुक्रबार ८९ हजार ९ सय रुपैयाँ थियो।

त्यसैगरी तेजाबी (२२ क्यारेट) सुनको भाउ आइतबार तोलाको ८९ हजार ५ सयमा कारोबार भइरहेको छ भने शुक्रबार ८९ हजार ४ सय ५० मा अडेको थियो।

त्यस्तै चाँदीको भाउ भने शुक्रबारदेखि आइतबारसम्म स्थिर छ। आइतबार तोलाको १ हजार २ सय ९५ मा कारोबार भइरहेको चाँदी बिहीबार १ हजार ३ सय १५ रुपैयाँ प्रतितोला थियो।


Leave a Reply

Your email address will not be published.