एमाले स्थायी कमिटी : कोभिड बिरामीको उपचारका लागि पूर्वाधार थप गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं–नेकपा एमालेले कोभिड बिरामीहरुको उपचारका लागि आवश्यक पूर्वाधार थप गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले कोभिड विरामीहरुको उपचारका लागि आवश्यक पूर्वाधार, शय्या, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
बैठकले समग्र पार्टीपंक्तिलाई कोभिडविरुद्धको लडाईंमा स्वयम्सेवी रुपमा परिचालित हुन पनि आह्वान गरेको छ।