कतार प्रवेशमा नेपालसहित ६ देशलाई नयाँ नियम

कतार प्रवेशमा नेपालसहित ६ देशलाई नयाँ नियम

खाडी मुलुक कतारले नेपालसहित ६ देशका नागरिकलाई प्रवेशमा नयाँ नियम लागू गरेको छ।

कतार सरकारले हालै जारी गरेको नयाँ नियमअनुसार नेपाल, बंगलादेश, पाकिस्तान, भारत, फिलिपिन्स र श्रीलंकाका नागरिकले कतार प्रवेश गरेपछि अनिवार्य थप १० दिन क्वारेन्टिन बस्नुपर्ने छ।

कतार भ्रमण गर्नेलाई सरकारको नयाँ नियमबाट असुविधा हुने भए पनि कोरोना महामारीको दोस्रो लहरबाट सबैलाई जोगाउनका लागि नियम पालना अनिवार्य गरिएको हो।

कतारको सरकारी वायुसेवा कम्पनी कतार एयरवेजले आफ्ना जहाजबाट कतार प्रवेश गर्न लागेको सबै यात्रुलाई टिकट तथा क्वारेन्टिन होटल पुनः बुकिङ गर्न आग्रह गरेको छ।

कतार प्रवेश गर्ने तयारीमा रहेका संसारभरका हजारौं यात्रुलाई व्यक्तिगत फोन सम्पर्क गरेर विकल्प छनोट गर्नुपर्ने जानकारी दिन असम्भव भएका कारण अनलाइनमार्फत टिकट तथा होटल क्वारेन्टिन बुकिङ गर्न एयरवेजले अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published.