लुम्बिनीमा विपक्षी गठबन्धनको आरोप : प्रदेश प्रमुखले संवैधानिक प्रक्रिया मिचे

लुम्बिनीमा विपक्षी गठबन्धनको आरोप : प्रदेश प्रमुखले संवैधानिक प्रक्रिया मिचे

काठमाडौं–लुम्बिनीमा विपक्षी गठबन्धनले प्रदेश प्रमुखले संवैधानिक प्रक्रिया मिचेर सत्ताको दुरुपयोग गरेको आरोप लगाएको छ।

आइतबार बिहान राजीनामा गरेका शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेपछि विपक्षी गठबन्धनले यस्तो आरोप लगाएको हो।

कांग्रेस, माओवादी केन्द्र र जसपालगायतका दलहरूले सरकार बनाउने दावी पेश गर्दै आइतबार दिउँसो प्रदेश प्रमुखसमक्ष ४० प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका थिए।

दुबैले समान ४०-४० जनाको हस्ताक्षर बुझाएको अवस्थामा छलफल नै नगरी एक जनालाई मुख्यमन्त्री नियुक्त गरिनु सत्ताको चरम दुरुपयोग भएकाे नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दीन खानले बताए।

‘हामीले ४० जनाको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीको शपथग्रहण रोक्न माग गर्दै सरकार बनाउने दावी प्रस्तुत गरेका छौं,’ आयोमेलसँग खानले भने,‘संवैधानिक प्रक्रिया मिचेर प्रदेश प्रमुखले सत्ताको चरम दुरुपयोग गर्नुभएको छ। हामी अहिले परामर्शमा जुटेका छौं।’


Leave a Reply

Your email address will not be published.