शंकर पोखेरलको पुनःनियुक्तिलगत्तै एमाले सांसदले दिए राजीनामा

शंकर पोखेरलको पुनःनियुक्तिलगत्तै एमाले सांसदले दिए राजीनामा

नेकपा एमालेको लुम्बिनी प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् । आइतबार सभामुख पूर्णबहादुर घर्तीलाई सम्बोधन गर्दै सांसद पाण्डेले सांसद पदबाट बुझाएका हुन् ।

‘हालको राजनैतिक परिस्थिति नियाल्दै आजकै मितिदेखि लागू हुने गरी प्रदेशसभा सदस्य पदबाट राजीनामा पेश गरेको छु,’ राजीनामा पत्रमा उनले लेखेका छन्।

विपक्षी दलहरुले अविश्वास प्रस्ताव ल्याएपछि त्यसलाई छल्न आइतबार विहान राजीनामा दिएका शंकर पोखरेल दिउँसो नै मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् ।

प्रदेशको बदलिँदो राजनीतिले सांसदहरु यतिबेला नैतिक संकटमा छन् । पाण्डेको राजीनामालाई पनि यसैसँग जोडेर हेरिएको छ । यद्दपी उनले अन्य कारण खुलाइसकेका छैनन् ।

पाण्डेको राजीनामासँगै एमाले ३९ सिटमा खस्किएको छ ।


Leave a Reply

Your email address will not be published.