पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण

पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आज गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको जनाएका छन्।

ढकालसँगै उनकी श्रीमतीलाई समेत कोरोना देखिएको छ। तर कोरोना पोजिटिभ देखिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले जनाएका छन्।

‘हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ । धन्यवाद,’ मन्त्री ढकालले लेखेका छन्।


Leave a Reply

Your email address will not be published.