मुख्यमन्त्रीको दावी गर्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई बुझायाे ४२ सांसदको हस्ताक्षर

मुख्यमन्त्रीको दावी गर्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई बुझायाे ४२ सांसदको हस्ताक्षर

काठमाडौं–नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गरेका छन्।

४२ सांसदको हस्ताक्षर बुझाएर उनले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गरेका हुन्। यसअघि प्रदेश प्रमुख यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन्।

विपक्षी दलको गठबन्धनमा सूर्य चिह्नबाट चुनाव जितेका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीका साथै आइतबारमात्रै माओवादी केन्द्र प्रवेशकाे घोषणा गरेकी विमला वलीले पनि हस्ताक्षर गरेका छन्।

श्रीवास्तव र शाहीले मुख्यमन्त्रीमा पुनर्बहालीका लागि पाखरेलले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published.