आन्तरिक उडान बन्द गर्ने सरकारको निर्णय, भारतलगायतका तीन देशका अन्तर्राष्ट्रिय उडान पनि रोक्ने
सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सिसीएमसीको सिफारिसका आधारमा सोमबार मध्यरातिदेखि लागू हुने गरी आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको ग्राफ उकालाे लाग्न थालेको भन्दै सिसीएमसीले हवाई उडान बन्द गर्न सिफारिस गरेको थियो ।
यसबाहेक बैठकले अन्तर्राष्ट्रिय उडानअन्तर्गत भारत, ब्राजिल र दक्षिण अफ्रिकाका उडान पनि रोक्ने निर्णय गरेको छ ।
कोरोनाको भयावह अवस्था देखिएका यी मुलुकमा पहिलो चरणमा ती देशका उडान रोक्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।