राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान

राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छिन्। उनले वैशाख २७ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन्।

‘प्रधानमन्त्रीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा १०० (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकोले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


Leave a Reply

Your email address will not be published.