शंकर पोखरेलले मुख्यमन्त्री कार्यालयमै लिए सपथ
काठमाडौं–पुन: नियुक्त भएका लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताकाे सपथ लिएका छन्। पोखरेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै सपथ लिएका हुन्।
पोखरेललाई सपथ दिलाउन प्रदेश प्रमुख धर्मनाथ यादव आफें मुख्यमन्त्री कार्यालय पुगेका थिए।
कांग्रेस, माओवादी केन्द्र, जसपा लगायतका विपक्षी गठबन्धनले पोखरेलको सपथग्रहण रोक्न माग गर्दै बाहिर नाराबाजी गरेका थिए।