सांसद पद गुमाएका दुई जनालाई सामेल गरेर मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिमण्डल विस्तार

सांसद पद गुमाएका दुई जनालाई सामेल गरेर मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिमण्डल विस्तार

काठमाडौं–लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले सपथ लिएसँगै मन्त्रिपरिषद विस्तार गरेका छन्। दोस्रो पटक मुख्यमन्त्रीमा सपथ लिएका पोखरेलले प्रदेशसभा पद गुमाएका जसपाका चारमध्ये दुईजनालाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन्।

मुख्यमन्त्री पोखरेलको सिफारिसमा यसअघि आर्थिक मामिला तथा योजनामन्त्री रहेका बैजनाथ यादवलाई सोही मन्त्रालयमा र हरि रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका छन्।

यसैगरी पोखरेल सरकारमा सहभागी भएर प्रदेशसभा पद गुमाएका सन्तोष पाण्डेयलाई भौतिक पूर्वाधार र विजयबहादुर यादवलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रीका जिम्मेवारी दिएको उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

मुख्यमन्त्री पोखरेलसँगै नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनियताका सपथ लिएका छन्।


Leave a Reply

Your email address will not be published.