कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। सामाजिक सञ्जालमार्फत उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

यद्यपि उनी अहिले काठमाडौंस्थित डेरामै आइसोलेसनमा छन्।

टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाको सुझावमा औषधि सेवन सुरु गरेको उनले जानकारी दिएका छन्। शर्माले लेखेका छन्, ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ। सबैलाई विनम्र आग्रह छ – सजग बनौं!’


Leave a Reply

Your email address will not be published.