भारतमा ३ लाख ६८ हजार संक्रमित थपिए, ३ हजार ४ सय १७ जनाको मृत्यु

भारतमा ३ लाख ६८ हजार संक्रमित थपिए, ३ हजार ४ सय १७ जनाको मृत्यु

बितेको चौविस घण्टामा भारतमा ३ लाख ६८ हजार १४७ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ३ हजार ४ सय १७ जना संक्रमितको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट २ लाख १८ हजार ९५९ मानिसको ज्यान गइसकेको छ।

विश्वमा भारत तेस्रो देश हो जहाँ कोरोनका कारण सबैभन्दा धेरैको मृत्यु भएको छ। अमेरिकामा ५ लाख ९१ हजार ६२ जनाको ज्यान गएको छ। ब्राजिलमा ४ लाख ७ हजार ७५५ मानिको मृत्यु भएको छ।

यो बीचमा ३ लाख ७ सय ३२ जना मानिस निको पनि भएका छन्।

पछिल्ला हप्ताहरू भारतमा कोरोना कहर निकै उच्च विन्दुमा पुगेको छ। साताको अन्त्यतिर त्यहाँ संक्रमितको संख्या चार लाख नाघेको थियो। सात दिनभित्रै २३ हजार ८ सय मानिसको मृत्यु भइसकेको छ भने २६ लाखभन्दा धेरै संक्रमतित थपिएका छन्।


Leave a Reply

Your email address will not be published.