कांग्रेस पदाधिकारी बैठक स्थगित

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं–कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक स्थगित भएको छ। देउवाले दिउँसो २ बजे आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका थिए।

वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि सोमबारको बैठक स्थगित गरिएको प्रमुख सचिव कृष्णप्रसाद पौडेलले बताए।

‘वरिष्ठ नेताज्यूलाई ग्यास्ट्रिकको समस्या देखिएको छ। उहाँकै आग्रहमा बैठक स्थगित भएको हो,’ पौडेलले भने। सोमबार स्थगित भएको बैठक मंगलबार २ बजे बोलाइएको उनले जानकारी दिए।

कांग्रेसको १४ औं महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका थिए।


Leave a Reply

Your email address will not be published.