लुम्बिनीमा रमिता : विपक्षी गठबन्धनमा लागेका स्वतन्त्र सांसद एमालेमै फर्किए

लुम्बिनीमा रमिता : विपक्षी गठबन्धनमा लागेका स्वतन्त्र सांसद एमालेमै फर्किए

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनःनियुक्त भएका शंकर पोखरेलसँग असन्तुष्ट हुँदै विपक्षी गठबन्धन रोजेका दुई स्वतन्त्र पुन: सांसद एमालेमै फर्किएका छन्।

सूर्य चिन्हबाट चुनाव जितेका कपिलबस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत् आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको बताएका छन्।

यसअघि आइतबार विपक्षीका तर्फबाट मुख्यमन्त्रीमा दाबी गर्दै पेश गरिएको ४२ सांसदको हस्ताक्षरमा उनीहरुको समेत हस्ताक्षर थियो । तर उक्त हस्ताक्षरलाई उनीहरुले बदनियत र त्रुटिपूर्ण भनेका छन् ।

आफूहरु सूर्य चिन्हबाट चुनाव जितेका सांसद रहेको भन्दै उनीहरुले आफूहरु एमाले संसदीय दलप्रति नै प्रतिबद्ध रहेकाे उल्लेख गरेका छन् ।


Leave a Reply

Your email address will not be published.