कोरोनाले दमकमा एक जनाको मृत्यु
झापा–झापाको दमकमा सोमबार एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका २ की ६५ वर्षीया वृद्धा रहेको नगरपालिका स्वास्थ्य शाखाका फोकलपर्सन कुबेर भट्टराईले बताए। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो।
कोरोनाको नयाँ भेरियन्टका कारण केही दिन अघि पनि दमकमा एक वृद्धको मृत्यु भइसकेको छ। दमक नगरपालिका क्षेत्रभित्र अहिले ७० जना सक्रिय संक्रमित रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ।