सुनको भाउ बढ्यो, तोलाको कति?

सुनको भाउ बढ्यो, तोलाको कति?


बहुमूल्य पहेँलो धातु सुनको भाउ सोमबार तोलामा ४ सय रुपैयाँ बढेको छ। हिजो आइतबार तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल (२४ क्यारेट) सुनको भाउ सोमबार तोलाको ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तोलाको ९० हजार र गएको शुक्रबार ८९ हजार ९ सय रुपैयाँ थियो।

त्यसैगरी तेजाबी (२२ क्यारेट) सुनको भाउ सोमबार ८९ हजार ९ सयमा कारोबार भइरहेको छ। हिजो आइतबार ८९ हजार ५ सयमा कारोबार भएको थियो भने शुक्रबार ८९ हजार ४ सय ५० मा अडेको थियो।

त्यस्तै चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँ वृद्धि भएको छ। शुक्रबारदेखि आइतबारसम्म स्थिर रहेको चाँदी आज सोमबार तोलाको १ हजार ३ सयमा कारोबार भइरहेको छ। आइतबार र शुक्रबार १ हजार २ सय ९५ मा कारोबार भएको चाँदी बिहीबार १ हजार ३ सय १५ रुपैयाँ प्रतितोला थियो।


Leave a Reply

Your email address will not be published.