प्रधानमन्त्रीले आज फेरि बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्रीले आज फेरि बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार फेरि मन्त्रिपरिषद बैठक बोलाएका छन्। मन्त्रिपरिषद बैठक आज ४ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिए।

ओलीले लगातार दोस्रो दिन मन्त्रिपरिषद बैठक बोलाएका हुन्। उनले यसअघि आइतबार मन्त्रिपरिषद बैठक बोलाएका थिए।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो। सोमबारको मन्त्रिपरिषद बैठकको एजेन्डा सार्वजनिक गरिएको छैन।


Leave a Reply

Your email address will not be published.