बैंकिङ समस्या पर्‍याे? यिनलाई फोन गर्नुस्

बैंकिङ समस्या पर्‍याे? यिनलाई फोन गर्नुस्

मुलुकको केन्द्रीय बैंकले कोरोना महामारीको दोस्रो लहरमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवा थप प्रभावकारी बनाउन, सर्वसाधारणका जिज्ञासाको जवाफ दिन, सुझाव लिन र सेवाग्राहीलाई परेको समस्या सम्बोधन गर्न सम्पर्क व्यक्ति तोकेको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा गई प्रत्यक्ष सेवा लिने कार्यसमेत प्रभावित भएको भन्दै कोरोना महमारीबीच पनि सेवाग्राहीलाई सहज सेवा दिन सम्पर्क व्यक्ति तोकेर काम गरिरहेको जनाएको छ।

राष्ट्र बैंकका अनुसार विप्रेषण (रेमिट्यान्स), विदेशी मुद्रा सटही, टिटी, प्रतीतपत्र (एलसी) तथा विदेशी विनिमय कारोबारसम्बन्धी सम्पूर्ण विषयका सम्बन्धमा विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेललाई सम्पर्क व्यक्ति तोकिएको छ। उनलाई मोबाइल नम्बर ९८५१०२४८५३ मा सिधै सम्पर्क गर्न सकिन्छ।

त्यसैगरी बैंकमा रकम जम्मा गर्ने वा झिक्ने, ऋणको सावाँ ब्याज तिर्नेलगायत बैंकिङ कारोबारसम्बन्धी सम्पूर्ण विषयका सम्बन्धमा बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक किरण पण्डितलाई मोबाइल नम्बर ९८५१०९७३४६ मा सम्पर्क गर्न सकिने छ।

त्यस्तै मोबाइल–इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड प्रयोग, एटिएम सेवा उपयोग तथा सबै प्रकारका डिजिटल बैंकिङ कारोबारसम्बन्धी विषयमा भुक्तानी प्रणाली विभागका निर्देशक निश्चल अधिकारीलाई मोबाइल नम्बर ९८५१०१७६२३ मा सिधै सम्पर्क गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।


Leave a Reply

Your email address will not be published.