प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै
काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दैछन्।
आज अपरान्ह साढे ३ बजे समसामयिक विषय र कोभिड १९ का सन्दर्भमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। सम्बोधनलगत्तै ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।