कोरोना ‘हटस्पट’ बन्दै मध्यपुर थिमी

कोरोना ‘हटस्पट’ बन्दै मध्यपुर थिमी

भक्तपुरका चार वटा नगरपालिकामध्ये मध्यपुर थिमी नगरपालिका कोरोना ‘हटस्पट’ बनेको छ। मध्यपुर थिमीमा अहिलेसम्म सबैभन्दा बढी संक्रमित देखिएका छन्।

मध्यपुर थिमी नगरपालिकामा आइतबारसम्म ६ सय २८ जना संक्रिय संक्रमित छन्। जसमा पुरुष ३ सय ४० र २ सय ८८ महिला रहेका छन्। होम आइसोलेसनमा मात्र ५ सय ९७ जना छन् भने अस्पतालमा ३१ जना रहेका छन्।

दोस्रोमा बढी संक्रमित भएको नगरपालिका सूर्यविनायक छ। जसमा ५ सय ७५ जना सक्रिय संक्रमित छन्। तीमध्ये ३ सय १५ पुरुष र २ सय ६० महिला रहेका छन्। सूर्यविनायकमा ५ सय ४० होम आइसोलेसनमा र अस्पतालमा ३५ जना छन्।

तेस्रोमा भक्तपुर नगरपालिका रहेको छ। जसमा ३ सय ६ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये पुरुष १ सय ५९ र १ सय ४७ महिला छन्। भक्तपुरमा २ सय ८६ जना होम आइसोलेसनमा र २० जना अस्पतालमा छन्।

चाँगुनारायण नगरपालिकामा २ सय ८ जना सक्रिय संक्रमित छन्। जसमा पुरुष १ सय १९ जना र महिला ८९ छन्। चाँगुमा होम आइसोलेसमा १ सय ९६ र अस्पतालमा १२ रहेका छन्।

नगरपालिकाबाहेक अन्य १ सय १४ जना संक्रमित होम आइसोलेसनमा छन्।

भक्तपुरमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या एक सय ३५ पुगेको छ, जसमा ४७ महिला र ८८ पुरुष रहेका छन्।

चार नगरपालिकामध्ये भक्तपुर, मध्यपुर र चाँगुनारायण यी तीन वटा नगरपालिकामा आइसोलेसन सञ्चालन भइरहेका छन। सूर्यविनायक नगरपालिकामा भने आइसोलेसन तयार भइरहेको अवस्था छ।

भक्तपुरमा जम्मा सक्रिय संक्रमित १ हजार ८ सय ३१ छन। जसमा १ हजार ७ सय होम आइसोलेसनमा छन भने ९८ जना अस्पतालमा छन।


Leave a Reply

Your email address will not be published.