१ हजार शय्याको अस्पताल बनाउन सेनालाई सरकारको निर्देशन

१ हजार शय्याको अस्पताल बनाउन सेनालाई सरकारको निर्देशन

काठमाडौं–सरकारले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शिघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएको छ। आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले उक्त कुरा बताएका हुन्।

उनले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिने पनि बताए।

यस्तै, प्रदेश सरकारले पनि सम्बधित प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने उनले बताए।


Leave a Reply

Your email address will not be published.