सबै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था : प्रधानमन्त्री

सबै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था : प्रधानमन्त्री

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सरकार हरसम्भव प्रयास गरिरहेको बताएका छन्।
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमितलाई उपचार गरेरमात्र समुदायमा पठाउने व्यवस्था सरकारले गरेको बताए।

‘सबै तहमा कन्ट्याक्ट ट्रेसिङ बढाइएको छ,’ उनले भने,‘सबै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था मिलाइएको छ।’

नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र एक हजार शैय्याको अस्पताल निर्माण गर्न निर्देशन दिइएको उनले बताए। साथै ठूला निजी अस्पताललाई कोभिड अस्पताल र सानालाई ननकोभिड अस्पतालको रूपमा सञ्चालन गर्न प्रदेश सरकारलाई भनिएको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले रंगशाला, पार्टी प्यालेसलाई सुविधानयुक्त क्वारेन्टाइन र होल्डिङ सेन्टर निर्माण गर्न निर्देशन दिइएको बताए।
ठूला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिइएको बताउँदै उनले लिक्विड अक्सिजन र सिलिन्डरसमेत मौज्दात राखिने उल्लेख गरे। औषधिको कृत्रिम अभाव र कालाबजारी गर्नेलाई कडा कारबाही हुने ओलीले बताएका छन्।


Leave a Reply

Your email address will not be published.