बालुवाटारले नदेखेका चिताहरू [फाेटाे फिचर]
काठमाडौं–छिमेकी देश भारतमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बढेसँगै शव जलाउने ठाउँको समेत अभाव भएका तस्बिर हामीले देख्दै आएका थियौं र छौं।
ती तस्बिर हेर्दा नेपालमा पनि त्यस्तै अवस्था त आउने होइन भन्ने चिन्ता पनि हामीमा थियो।
तर सरकारको असंवेदनशीलताका कारण भारतमा देखिएको उक्त दृश्य नेपालमा नै देखिने भएको छ।
कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढ्दै जाँदा नेपालमा पनि शव जलाउने ठाउँको अभाव हुन थालेको छ।
गौशालामा रहेको पशुपति क्षेत्र विकासको विद्युतीय शवदाह गृहमा ठाउँ अभाव भएपछि आइतबार रातिदेखि बाग्मती किनारमा नै शव जलाउन थालिएको छ।
सोमबार हामी त्यहाँ पुग्दा घाटको अभावमा शवहरु लस्कर पारेर राखिएका थिए भने डोजर खोलामै घाट बनाउने ठाउँ बनाइरहेको थियो ।