कोरोना संकटमा कोकाकोलाले नेपाललाई दियो २ करोड ४० लाख

कोरोना संकटमा कोकाकोलाले नेपाललाई दियो २ करोड ४० लाख

कोरोना भाइरस महामारीको दोस्रो लहरको विनाशबाट राहत दिन राष्ट्रव्यापी प्रयास तीव्र भइरहेका बेला बहुराष्ट्रिय कम्पनी कोकाकोलाले नेपाललाई संकट सामनामा सहयोग पुर्‍याउन २ करोड ४० लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएको छ।

नेपालमा कोकाकोलाले खोप अभियानमा समुदायलाई सहयोग गरी पिपिई, मास्क, ग्लोभ्स, सेनिटाइजर लगायत सुरक्षा सामग्री प्रदान गर्ने र खोप तथा स्वच्छता अभ्यास प्रवर्द्धन गर्न देशभरि जागरुकता फैलाउने प्रयास गर्ने जनाएको छ।

कोभिड–१९ महामारी रोकथामको समर्थनमा कोकाकोलाले विश्वव्यापीरूपमा ‘स्टप द स्प्रेड’ कोष सिर्जना गरेको छ। यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ्स, सेनिटाइजर) प्रदान गर्न र खोप र स्यानिटरी प्रयोगको जागरुकता सिर्जना गरी महामारी नियन्त्रण प्रयासलाई सहजीकरण गर्ने छ।


Leave a Reply

Your email address will not be published.