काठमाडौंबाट हेलिकोप्टरमा झापा ल्याइएका संक्रमितको मृत्यु

काठमाडौंबाट हेलिकोप्टरमा झापा ल्याइएका संक्रमितको मृत्यु

झापा–काठमाडौँमा बेड नपाएपछि पाँच दिन अघि उपचारका लागि झापा ल्याइएका एक कोरोना संक्रमितको सोमबार साँझ मृत्यु भएको छ।

वैशाख १५ गते हेलिकप्टरबाट विएण्डसी अस्पताल बिर्तामोड ल्याइएका झापा शिवसताक्षी नगरपालिका ८ का ७० वर्षीय नरप्रसाद उप्रेतीको मृत्यु भएको हो।

मृतकका भतिज प्रदिप उप्रेतीका अनुसार उनको केहीबेर अघि मृत्यु भएको हो। उनलाई उपचारका लागि हेलिकप्टरबाट विएण्डसी ल्याइएको थियो। उप्रेतीको मृत्यु भएसँगै विएण्डसीमा उपचाररत केही बिरामीका आफन्तले निरासा व्यक्त गरेका छन् । यद्यपि, अस्पतालले संक्रमितलाई विशेषज्ञ सेवा सहितको अलग्गै उपचार व्यवस्था मिलाइएको जनाइएको छ।

सोमबार नै पनि काठमाडौँबाट झापा कमल गाउँपालिकाका एक विरामीलाई हेलिकप्टरबाट उपचारका लागि विएण्डसी ल्याइएको छ । कमल गाउँपालिका ५ का ३५ वर्षीय मदन पाठकलाई बीएण्डसी अस्पताल ल्याइएको हो। पाठक काठमाडौँको मनमोहन अस्पतालमा उपचाररत थिए। मृत्यु भएका उप्रेती काठमाडौँको ह्याम्स अस्पतालमा उपचाररत रहेका बेला बिर्तामोड ल्याइएको थियो।


Leave a Reply

Your email address will not be published.