टी-२० वरियतामा नेपालको सुधार

टी-२० वरियतामा नेपालको सुधार

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३ औँ स्थानमा उक्लिएको हो। यसअघि नेपाल १४ औँ स्थानमा रहेको थियो।

घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजको उपाधिसमेत नेपालले जितेको थियो। नेपालको टी–२० उत्कृष्ट वरियता ११ औँ स्थान हो। टी–२० नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ। त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ।

यस्तै नेपालले एक दिवसीय वरियतामासमेत सुधार गरेको छ। एकदिवसीय वरियतामा नेपाल १६ औँ स्थानमा छ। यसअघि नेपाल १७ औँ स्थानमा रहेको थियो। एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ।


Leave a Reply

Your email address will not be published.