फाइजरले भारतलाई ७ करोड डलरको औषधि सहयोग दिने

फाइजरले भारतलाई ७ करोड डलरको औषधि सहयोग दिने
PUURS, BELGIUM - NOVEMBER 10: A poster in the window of the Pfizer Pharmaceutical Company of Puurs, visible from the highway, lets motorists know that the company is hiring staff on November 10, 2020 in Puurs, Belgium. Pharmaceutical company Pfizer announced positive early results on its Covid-19 vaccine trial and has proven to be 90% effective in preventing infection of the virus. Pfizer, in partnership with German company BioNtech, plans to supply 1.3 billion doses of the vaccine in 2021. The Puurs Pfizer facility will be one of two sites to produce the vaccine against coronavirus. (Photo by Jean-Christophe Guillaume/Getty Images)

अमेरिकाको औषधी कम्पनी फाइजरले कोरोना महामारीको दोस्रो लहरसँग जुधिरहेको भारतलाई सात करोड डलर मूल्य बराबरकाव औषधी सहयोग गर्ने भनको छ।

कम्पनीका कार्यकारी निर्देशक एलबर्ट बोर्लाका अनुसार कम्पनीले भारतका लागि आवश्यक औषधीहरू पठाउनेछ। उनक अनुसार कम्पनीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो मानवीय राहत हो।

‘हामीले ठूलो मात्रामा औषधीहरू सहयोग दिँदैछौं। हामीलाई विश्वास छ कि अबको ९० दिनभित्रमा अस्पतालमा भर्ना भएका सबै बिरामीले सित्तैंमा ‌औषधी पाउनेछन्। यसबाट सयौं मानिसको जीवन बच्नेछ भन्ने विश्वास हामीले लिएका छौं’ उनले भनेका छन्।

कम्पनीले अमेरिका, युरोप तथा एशिया क्षेत्रमा रहेका उसका सबै केन्द्रहरूले भारतलाई चाँडै भन्दा चाँडै कोरोनाका बिरामीलाई आवश्यक पर्ने औषधीहरू पठाउने प्रयासमा लाग्नेछन्।

यसमा सुजनलाई कमी गर्ने औषधी, रगत स्वस्थ बनाउने तथा संक्रमणसँऊ लड्नका लागि एन्डिब्याक्टेरियल औषधीहरू हुनेछन्।

कम्पनीले आफूले बनाएको कोरोना भ्याक्सीनको विश्वसनियतामा शंका नगर्न पनि भारतलाई आग्रह गरेको छ।

यद्यपि भारतले फाइजर, मोडेर्ना तथा जोन्सन एनड जोन्सनका कोरोना खोपहरू आफ्नो देशमा बेच्नका लागि अनुमति दिइसकेको छ। तर ‌औपचारिक रुपमा कुनै पनि कम्पनीले आवेदन दिएका छैनन्।


Leave a Reply

Your email address will not be published.