भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन्।

अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२:४५ बजे मृत्यु भएको हो। निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टिपछि सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको पनि संक्रमण कारण मृत्यु भएको छ। छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते संक्रमण पुष्टि भएको थियो। सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६:४५ बजे मृत्यु भएको हो।


Leave a Reply

Your email address will not be published.