गण्डकीका पदमुक्त प्रदेश प्रमुख शेरचन भन्छन्- खुसी छु, राष्ट्रपतिलाई धन्यवाद

गण्डकीका पदमुक्त प्रदेश प्रमुख शेरचन भन्छन्- खुसी छु, राष्ट्रपतिलाई धन्यवाद

काठमाडौं। पदमुक्त भएका गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनले जानकारी नै नदिइ आफूलाई पदबाट हटाइएको बताएका छन्।

मंगलबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर उनले आफू पदमुक्त भएको जानकारी मिडियाबाट थाहा पाएको बताएका हुन्।

आफूमा पद लोलुपता नरहेको बताउँदै चाहना नहुँदा हुँदै प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा प्रदेश प्रमुखको पद स्वीकार गरेको जिकिर गरे।

प्रदेश प्रमुख रहँदासम्म कसैको दबाब र प्रवाहमा नपरी संवैधानिक मान्यताअनुसार काम गरेर उनले बताएका छन्।

‘पदमा रहँदासम्म म कसैको दबाब र प्रभाहमा परिन्, संविधानअनुसार नै काम गरेको छु,’ उनले भने,‘यसरी काम गर्ने क्रममा कसैलाई समस्या परे संविधान हेरेर चित्त बुझाउन मेरो आग्रह छ।’

अधिकारविहीन पदबाट मुक्त गरिदिएकोमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिए।

‘पदमुक्त भएकोमा अत्यन्त खुसी छु। मुरी-मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई,’ उनले भने।

(समाचारमा प्रयाेग गरिएको तस्विर सौजन्य : केशबशरण लामिछाने)


Leave a Reply

Your email address will not be published.