आइपिएलमा आज मुम्बई र हैदरावाद भिड्दै

आइपिएलमा आज मुम्बई र हैदरावाद भिड्दै

इन्डियन प्रिमियर लिगमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ।

लिग अंक तालिकामा हैदरावाद पुछारमा रहेको छ। उसले ७ खेल खेलिसक्दा एकमा मात्रै जित निकालेको छ। मुम्बईले भने समान खेलमा चारमा जित निकालेको छ। उ अंक तालिकाको चौथो स्थानमा रहेको छ।

अरुण जेटली स्टेडियम दिल्लीमा हुने खेलमा हैदरावाद केन विलियम्सनको कप्तानीमा मैदान उत्रिनेछ। जारी सिजनमा खराब प्रदर्शन गरेको भन्दै डेविड वार्नरलाई हटाएर विलियम्सनलाई कप्तानीको जिम्मेवारी दिइएको छ।


Leave a Reply

Your email address will not be published.