छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

झापा – झापा र इलाममा सोमबार भएका छुट्टाछुट्टै घटनामा दुईजनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा झापा शिवसताक्षी नगरपालिका-८ डुँडामारीका २८ वर्षीय जीवन थाम्सुहाङ र इलाम माइजोगमाई गाउँपालिका-५ सोयाङकी ५४ वर्षीया ख्यामकुमारी लिम्बु छन्। थाम्सुहाङको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर र लिम्बुको बाटोमा लडेर मृत्यु भएको हो।

सोमबार साँझ ५:३० बजेतिर शिवसताक्षी नगरपालिका-१० स्थित माइखोलामा थाम्सुहाङ साथीहरूसँग पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थिए। माइखोलाको कनकाई नहरको बाँधबाट बगेका उनको साँझ ७ बजे पाँचसय मिटर दक्षिणमा शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै लिम्बुको सोमबार राति ८ बजे छिमेकीको घर जाने क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेको थियो। उनको उपचारका क्रममा राति साढे १० बजेतिर जिल्ला अस्पताल इलाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।


Leave a Reply

Your email address will not be published.