धनुषाका एक मेयरसहित तीन उपमेयरलाई माओवादी केन्द्रले सोध्यो स्पष्टीकरण

धनुषाका एक मेयरसहित तीन उपमेयरलाई माओवादी केन्द्रले सोध्यो स्पष्टीकरण

जनकपुरधाम – पार्टी हितविपरीत गतिविधि गरेको भन्दै माओवादी केन्द्रले धनुषाका एक मेयरसहित तीन उपमेयरलाई स्पष्टीकरण सोधेको छ। माओवादी केन्द्रले २०७४ सालको स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित विदेह नगरपालिकाका नगरप्रमुख बेचनदास तत्मा, उपमेयर निलमदेवी मण्डल, सहिदनगर नगरपालिकाकी उपमेयर शिलादेवी कापर र सवैला नगरपालिकाकी उपमेयर निलुदेवी कापरलाई स्पष्टीकरण सोधेको हो।

‘सर्वोच्च अदालतको निर्णयअनुसार पार्टी पुरानै अवस्था फर्केता पनि पार्टीको कार्यक्रमहरूमा तपाईंको सहभागित के कति कारणले भइरहेको छैन? तपाईंको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता के कति कारणले छैन? तपाईंले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको हो वा होइन?,’ जिल्ला इञ्चार्ज योगकुमार बरबरियाले सोधेको स्पष्टीकरणमा भनिएको छ।

स्पष्टीकरण सोधिएका चारैजनालाई तीन दिनभित्र जवाफ पेश गर्न भनिएको माओवादी केन्द्र धनुषाका सचिव दिपक यादवले जानकारी दिए।

माओवादी केन्द्रले एमालेततर्फ लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई पार्टीबाट निस्कासन गरिसकेको छ।

माओवादी केन्द्रले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा, यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह, माधवनारायण नगरपालिकाका उपमेयर सिमल साह, फतुवाविजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी साह, मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर जयसवाल र देवाहीगोनाही नगरपालिकाकी उपमेयर परनिया देवीलाई पार्टीबाट निस्कासन गरेको थियो।


Leave a Reply

Your email address will not be published.