निषेधाज्ञामा पनि भक्तपुरमा बजार अनुगमन

निषेधाज्ञामा पनि भक्तपुरमा बजार अनुगमन

भक्तपुरमा निषेधाज्ञामा पनि बजार अनुगमन गरिएको छ। नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा मंगलबार कमलबिनायकमा बजार अनुगमन भएको हो।

कोभिड-१९ को महामारी फैलिएको बेला स्वास्थ्य मापदण्ड अनुसार पसल सञ्चालन भए नभएको र खाद्यबस्तु सामानहरु कालोबजारी र मुल्यबृद्धि नहोस् भन्ने हेतुले बजार अनुगमन गरेको उपभोक्ता मञ्चका मनोज थापाले बताए। विनायक फुड स्टोरमा र विनायक किराना कन्सर्नमा अनुगमन गरिएको थापाले बताए।

जसमा यी दुई पसलबाट म्याद नाघेको सामानहरु भ्यासेलिन २८ वटा, ग्यालेक्सी जम्बो बासमती चामल ५ केजीको ३ प्याकेट, धाराको आधा लिटर तेल २ प्याकेट, पतंजलीको हल्दी साबुन नौ वटा, पतंजलीकै पञ्चगला साबुन १९ वटा, पियर साबुन तीनवटा, लिरिल साबुन ६ वटा, निम साबुन दुईवटा, लाइफब्वाइ चारवटा, पर्ल साबुन पाँचवटा, लक्स साबुन एकवटा, गोदरेज नं १ साबुन दुईवटा, भिम साबुन एकवटा, जस्मिन चिकेन मसला १२ बट्टा भएको १५ प्याकेट, जस्मिन चिल्ली पाउडर १५ प्याकेट, हिमांशु गोल्ड सुजी १० प्याकेट, एमपी सोनाली पेश्ता ५० प्याकेट जफत गरी नष्ट गरिएका वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए। साथै नगरपालिकामा तीनदिनभित्र उपस्थित हुन निर्देशन दिएको प्रजापतिले जानकारी दिए। थोक विक्रेता भएकोले श्रेणी बढाउनु पर्ने, मूल्य सूचिमा मूल्य लेखी व्यवस्थित गर्नुपर्ने उनले बताए।

सोमबार पनि व्यासीमा अनुगमन गरिएको थियो। अनुगमनमा अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशन मैया सुवाल, स्यानिटेसनका व.नि.रामकृष्ण प्रजापति, भक्तपुर उद्योग बाणिज्य संघका विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, सहायक प्रहरी निरीक्षक नजरमान घलानको सहभागिता रहेको थियो।


Leave a Reply

Your email address will not be published.