भक्तपुरमा एकै परिवारका तीनजना अचेत अवस्थामा फेला, एकको मृत्यु

भक्तपुरमा एकै परिवारका तीनजना अचेत अवस्थामा फेला, एकको मृत्यु

भक्तपुरमा एकै परिवारका तीनजना अचेत अवस्थामा फेला परेका छन्। तीनजनामा एकजनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका-३ गुडुवाल घर भई हाल सूर्यविनायक-१० मिलन चोक डेरा गरी बस्ने २२ वर्षीया सुनिता तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीले अचेत अवस्थामा मृतककी आमा वर्ष ४० की शान्ती माया ब्लोन तामाङ, बहिनी वर्ष १८ की अनिता तामाङको भने मध्यपुर अस्पतालमा उपचार भइरहेको बताए।

प्रारम्भिक अनुसन्धानका क्रममा घटना स्थलको प्रकृति हेर्दा अनिता तामाङ सुत्केरी भएकोले सुत्केरीलाई सेकताप गर्न मकलमा बालेको कोइलाका कारण राति अक्सिजन अभावमा अचेत भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

अस्पताल भर्ना भएकाहरुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर, राम्ररी बोल्न सक्ने अवस्थामा नरहेका अस्पताल स्रोतले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published.