केजरीवालको घोषणा-दुई महिनासम्म निःशुल्क खाद्यान्न

केजरीवालको घोषणा-दुई महिनासम्म निःशुल्क खाद्यान्न

काठमाडौं–दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई महिना निःशुल्क खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका छन्।

जारी कोरोना संकटका बीच केजरीवालले दिल्लीका ‘राशनकार्ड’ धारीलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका हुन्। दिल्लीमा राशनकार्डधारीको संख्या ७२ लाख छ।

मंगलबार पत्रकार सम्मेलन गरेर केजरीवालले भने,‘यहाँ जति पनि राशनकार्डधारीहरू छन्, उनीहरू सबैलाई दुई महिनासम्म राज्य सरकारले निःशुल्क खाद्य उपलब्ध गराउने छ।’

यसैगरी अटोचालक र ट्याक्सी चालकहरूलाई उनले ५/५ हजार रूपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

केजरीवालको यो घोषणापछि डेढ लाख अटो र ट्याक्सी चालकले आर्थिक सहयोग पाउने छन्। उनले गएको साता दिल्लीका मजदुरहरूलाई पनि यस्तै सहयोग गरेका थिए।

लकडाउनका कारण समस्या भोग्नु परिरहेकोले सरकारको तर्फबाट यस्तो घोषणा गरिएको केजरीवालले बताए।

पछिल्लो समय दोस्रो लहरको कोरोना संक्रमणका कारण दिल्ली आक्रान्त बनेको छ। त्यहाँ हरेक दिन २० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् ४ सयभन्दा बढीको मृत्यु भइरहेको छ।


Leave a Reply

Your email address will not be published.