आइपिएल अनिश्चितकालका लागि स्थगित

आइपिएल अनिश्चितकालका लागि स्थगित

नयाँदिल्ली–कोरोनाका कारण आइपिएल–२०२१ स्थगित भएको छ। कतिपय टिमका खेलाडी र सदस्यहरूलाई कोरोना संक्रमण देखिएपछि आइपिएल स्थगित भएको हो।

आइपिएल प्रमुख ब्रजेश पटेलले खेलाडीका साथै सम्बन्धित सबैको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी आइपिएल स्थगित गरिएको जानकारी दिए। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को सल्लाहअनुसार आगामी खेलहरू स्थगित गर्ने निर्णय भएको उनले बताए।

‘बिसिसिआइ खेलाडी र सहयोगीहरूको स्वास्थ्यसँग सम्झौता गर्न चाहेको छैन,’ पटेलले भनेका छन्,‘खेलाडीका साथै अन्य सहयोगीहरूको स्वास्थ्य सुरक्षाका कारण यस सिजनको आइपिएल तत्काल स्थगित भएको छ।’


Leave a Reply

Your email address will not be published.