बलिउड अभिनेत्री कंगनाको ट्वीटर अकाउन्ट बन्द

बलिउड अभिनेत्री कंगनाको ट्वीटर अकाउन्ट बन्द

मुम्बई–बलिउड अभिनेत्री कंगना रनौतको ट्वीटर अकाउन्ट सस्पेण्ड गरिएको छ।

कंगनाले सोमबार पश्चिम बंगालमा हिंसाको दाबी गर्दै एक ट्वीट गरेकी थिइन्। यस ट्वीटलाई मानिसहरुले हिंस्रक र भड्काउ बताएका थिए। कैयौं मानिसहरुले कंगनाको अकाउन्ट रद्ध गर्नुपर्ने पनि माग गरेका थिए।

यद्यपि ट्वीटरले उनको अकाउन्ट निलम्बन गरिदिएको छ। ट्वीटरले यसबारेमा अहिलेसम्म कुनै आधिकारिक भनाई सार्वजनिक गरेको छैन।
ट्वीटरमा कंगनाको पेजमा लेखिएको छ,‘ट्वीटर यस्ता अकाउन्टलाई सस्पेण्ड गर्छ, जसले ट्वीटरको नियम उल्लंघन गर्छ।’


Leave a Reply

Your email address will not be published.