जसपा नेता पाण्डे भन्छन्–पार्टी फुटाउन पैसाको झोलासहित घरदैलो हुँदैछ

जसपा नेता पाण्डे भन्छन्–पार्टी फुटाउन पैसाको झोलासहित घरदैलो हुँदैछ

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य विश्वदीप पाण्डेले पार्टी विभाजन गर्न देशीविदेशी शक्तिहरू लागिपरेको दावी गरेका छन्।

जसपा फुटाउन देशी विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यहरूको घरदैलो गरिरहेको उनको भनाइ छ।

‘हिजो बेलुकादेखि देशी विदेशी शक्तिहरू पैसाको झोलासहित गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछन्,’ संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई निकट पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार लेखेका छन्,‘त्यो पैसाको झोला फिर्ता गर्ने सांसद/कार्यकारी सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ।’

यो जसपाको मात्रै सरोकारको विषय नभएर पूरै लोकतन्त्र र देशको राजनीति कता लैजाने गम्भीर विषय रहेको उनले बताएका छन्।

नेपालको संसदीय राजनीतिमा पजेरो काण्ड, बैङ्कक काण्ड, सुरासुन्दरी काण्डलगायतका अनेकन कुख्यात काण्डहरूले कालो दाग छोडेका…

Posted by Bishwadeep Pandey on Monday, May 3, 2021

कांग्रेस र एमालेको विकल्प दिन भनेर राजनीतिमा उदाउने उद्घोष गरेको जसपा करिब करिब फुटको संघारमा पुगिसकेको बताउँदै पाण्डेले आफूहरू सकभर फुट रोक्न प्रयासरत रहेको उल्लेख गरेका छन्।

पाण्डेले सत्तासीन पार्टी आफू सत्तामा टिकिराख्न जुनसुकै स्तरमा गिर्न तयार रहेको र प्रतिपक्षी दल अराजनीतिक नाङ्गो नाच हेरेर आनन्द मानिरहेको आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published.