माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
काठमाडौं–नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि सुरु भएको हो।
पछिल्लो राजनीतिक घटनाक्रम र २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने सम्बन्धमा छलफल केन्द्रित हुने बताइएको छ।