कांग्रेस पदाधिकारी बैठक सुरू

कांग्रेस पदाधिकारी बैठक सुरू

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरू भएको छ। सोमबार स्थगित भएको बैठक केहीबेरअघि बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा सुरू भएको हो।

पदाधिकारी बैठक वैशाख २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मत र लुम्बिनीमा विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग गरेर आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरिसकेकोले अविश्वासको पक्षमा मतदान गर्ने कांग्रेस नेताहरूले बताएका छन्।

बैठकमा रामचन्द्र पाैडल भने अनुपस्थित छन्। श्राेतका अनुसार पाैडेलकाे स्वास्थ्यमा समस्या आएका कारण उनी अनुपस्थित भएका हुन् ।


Leave a Reply

Your email address will not be published.