राष्ट्रपतिबाट संवैधानिक परिषदसहितका सात अध्यादेश जारी

राष्ट्रपतिबाट संवैधानिक परिषदसहितका सात अध्यादेश जारी

काठमाडौं–सरकारले फेरि संवैधानिक परिषदसहित सातवटा अध्यादेश ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारले ल्याएको संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि) सहित ७ वटा अध्यादेश जारी गरेकी छिन्।

यसअघि सरकारले गत मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो। सोही अध्यादेशअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्त भएका थिए।

यसैगरी राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐन र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ जारी गरेकी छिन्।

औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा –पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) र तेजाब तथा अन्य घातक रसायनीक पदार्थ (नियमन) सम्बन्धी अध्यादेश २०७८ जारी भएको छ।


Leave a Reply

Your email address will not be published.