कोरोना संक्रमितको उपचारमा काठमाडौं मेडिकल कलेजको रेट–१० देखि ३० हजारसम्म

कोरोना संक्रमितको उपचारमा काठमाडौं मेडिकल कलेजको रेट–१० देखि ३० हजारसम्म

बेड र अक्सिजनको हाहाकार भइरहेका बेला काठमाडौंको एउटा मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि दररेट तोकेको छ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले संक्रमितको उपचार गरेवाफत १० देखि ३० हजारसम्म लिने सूचना निकालेको छ।

यो सरकारले तोकेभन्दा धेरै बढी रकम हो।

काठमाडौं मेडिकल कलेजले कोभिड क्याविन सिंगल बेडको २० हजार, कोभिड क्याविन डबल बेडको १० हजार, कोभिड क्याविन डिलक्सको २५ हजार र कोभिड क्याविन सुपर डिलक्सको ३० हजारसम्म लिने जनाएको छ।

सरकारले तोकेको भन्दा बढि पैसा लिने जो—सुकैलाई कारबार्ही हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।

‘सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थपेर लिन सक्छन्। त्यो भन्दा बढी लिएको खण्डमा बाणिज्य बिभागलाई लेखेर पठाउँछौ। जथाभावी पैसा लिन पाइन्न,’ उनले भने।

सरकारले गम्भीर प्रकृतिको उपचार गरेवापत १५ हजार, मध्यमको ७ हजार र नर्मलको ३ हजार ५ शुल्क तोकेको छ। सो रकममा ५० प्रतिशत सम्म बढाएर लिन पाउने सरकारले अनुमति दिएको छ। तर, निजि अस्पतालले सरकारले तोकेको भन्दा पनि चर्को मूल्य बिरामीसँग असुल्दै आएका छन्।


Leave a Reply

Your email address will not be published.