माओवादीले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने

माओवादीले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएकाे फिर्ता लिएकाे छ। आज बसेकाे स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेकाे हाे। माओवादी केन्द्रका सचेतक देव गुरुङका अनुसार बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे हाे।

‘अब सरकारलाई समर्थन फिर्ता लिएकाे जानकारी लिखित रुपमै पत्र काट्ने निर्णय भएकाे छ’ उनले भने।

वैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले विश्वासको मत लिनैका लागि संसदको अधिवेशन बोलाएर सरकारले नियमित छल्न खोजेको निष्कर्ष बैठकले निकालेको बताए।

नियमित अधिवेशन बोलाउनुपर्ने ठाउँमा विश्वासको मति लिन विशेष अधिवेशनको हिसाबले बोलाइएकोले प्रधानमन्त्री ओलीको नियत ठीक नदेखिएको उनले बताए।

‘संविधानको मर्म र परम्पराभन्दा फरक छ, अधिवेशनको वैधानिकताबारे छलफल गर्नुपर्ने हुन्छ,’ उनले भने,‘नियमित अधिवेशन छलेर प्रधानमन्त्रीले विशेष अधिवेशन बोलाउनु अवैधानिक नै हो।’

यसैगरी लुम्बिनीमा गठन गरिएको सरकार अवैधानिक र लोकतान्त्रिक सिद्धान्तविपरित रहेको माओवादीको ठहर छ।

गण्डकी र सुदूर पश्चिम प्रदेश प्रमुखलाई विना कारण पदमुक्त गरिनुन स्वेच्छाचारीका साथै निरंकुश प्रवृत्तिको संकेत रहेको प्रवक्ता श्रेष्ठले बताए।

वैकल्पिक सरकारको सम्भावना कायम रहेको बताउँदै उनले यसबारे अन्य राजनीतिक दलहरूसँग छलफल भइरहेको जानकारी दिए।


Leave a Reply

Your email address will not be published.