काठमाडौं उपत्यकामा एकै दिन थपिए ३८९३ संक्रमित

काठमाडौं उपत्यकामा एकै दिन थपिए ३८९३ संक्रमित

काठमाडौं– काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ८ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणका क्रममा उपत्यकामा ३ हजार ८ सय ९३ संक्रमित थपिएका हुन्।

संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७७९ छन्। यस्तै, ललितपुरमा ६०१ र भक्तपुरमा ५१३ जना संक्रमित थपिएका हुन्।


Leave a Reply

Your email address will not be published.