विश्वासको मत विफल बनाउने कांग्रेसको निर्णय

विश्वासको मत विफल बनाउने कांग्रेसको निर्णय

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्माले लिने विश्वासको मत विफल बनाउने निर्णय गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

‘प्रधानमन्त्री ओलीले लिने विश्वासको मतलाई विफल बनाउने निर्णय भएको छ,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने।

प्रधानमन्त्रीले लिन लागेको अविश्वासको मतलाई विफल बनाउन अन्य दलहरूसँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको उनले बताए।
वैकल्पिक सरकार गठनबारे आयोमेलको प्रश्नमा उनले भने,‘पहिले विश्वासको मतलाई विफल पारौं त्यसपछि त्यतातिर कोर्स अगाडि बढ्छ। विश्वासको मत विफल भइसकेपछि राष्ट्रपति कुन दिशामा बढ्नु हुन्छ। त्यो हेर्नुपर्ने हुन्छ।’

यद्यपि वैकल्पिक सरकार गठनका लागि अन्य दलहरूसँग छलफल भइरहेको महतले बताए।

माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन्।


Leave a Reply

Your email address will not be published.