कोरोनाबाट मृत्यु भएकाहरूको सामूहिक दाहसंस्कारका तस्विर नछाप्नू : प्रेस काउन्सिल

कोरोनाबाट मृत्यु भएकाहरूको सामूहिक दाहसंस्कारका तस्विर नछाप्नू : प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालले कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्त्तिका पहिचान खुल्ने तस्विर, वैयत्तिक विवरण एंव मृतकको सामूहिक दाहसंस्कारका तस्विहरू प्रकाशन तथा प्रशारण गरिएको प्रति ध्यानकर्षण भएको जनाएको छ।

‘यसरी संप्रेषण गर्दा गोपनियतासम्बन्धि मौलिक हकको प्रतिकूल हुने, मानवीय संवेदना खलबलिने, प्रभावित व्यक्तिलाई२ थप पीडा पुग्ने तथा संक्रमित बिरामीको आत्मबलमा असर परी क्षति हुनसक्ने हुँदा संवेदनशील यस घडीमा अझ जिम्मेवार र सजग भइ थप सावधानी अपनाउन आम पत्रकार, सञ्चारकर्मी, सञ्चारमाध्यम, सामाजिक सन्जालका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल फेरि पनि हार्दिक अपिल गर्छ’ काउन्सिले भनेको छ।

त्यस्तै रिपोर्टिङमा खटिएका पत्रकारलाई पनि त्यस्ता तस्विरहरू सामाजिक सन्जालमा नराख्न काउन्सिलले भनेको छ।


Leave a Reply

Your email address will not be published.