कांग्रेसद्वारा अध्यादेशको विरोध

कांग्रेसद्वारा अध्यादेशको विरोध

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको संवैधानिक परिषदसहितका अध्यादेशको विरोध गरेको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशको कांग्रेसले विरोध गरेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसदलाई छलेर अध्यादेशमार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली आपत्तिजनक रहेको बताएका छन्।

‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ,’ देउवाले वक्तव्य जारी गरेर भनेका छन्।

‘संवैधानिक परिषदसहित सात वटा अध्यादेश ल्याउने सरकारको निर्णयको कांग्रेस भर्त्सना गर्दछ’ उनले भनेका छन्। यसअघि मंगलबारै बसेको कांग्रेस पदाधिकारी बैठकमा समेत कांग्रेस नेताहरूले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका थिए।


Leave a Reply

Your email address will not be published.